स्वच्छ पत्रकारिता समाजको ऐना हो भन्ने आमबुझाइलाई मध्यनजर गर्दै सक्रिय न्युजको यो टिम नेपालभित्र र विदेशमा छरिएर रहेका नेपाली दर्शक, स्रोता र पाठकलाई तीनवटै विधामार्फत हामीले सेवा गर्ने प्रतिबद्धता आजैदेखि गरेका छौँ । नेपाली पत्रकारिताको आकाशमा यो अनलाइनको शुभारम्भसँगै थप सशक्त र विश्वसनीय सूचना र समाचार पस्कने वाचा गर्छौं ।

मर्यादित र समुन्नत समाजलाई पत्रकारितामार्फत थप सुसज्जित बनाउन हाम्रो निरन्तर प्रयास रहनेछ । देशमा सुशासन कायम राख्दै विद्यमान द्वेष र विभेदलाई जरैदेखि उखेलेर समतामूलक समाजको निर्माणसँगै भावी पुस्तालाई नेपाली समाज र संस्कारको उन्नत नमुना पस्कन सके मात्र हाम्रो उपस्थितिको अर्थ रहने कुरामा कसैको दुईमत रहँदैन ।

जलवायु परिवर्तनको प्रभाव, बढ्दो प्रदूषण, वातावरणीय असन्तुलन र यसबाट मानवजीवनमा परेका प्रभावबारे पनि sakriyanews.com ले निरन्तर विषयवस्तुलाई उठाइरहने वाचा गर्छौं ।

पत्रकारिताको यो यात्रामा तपाईंहरु सबैको साथ र सहयोगको अपेक्षा sakriyanews.com को टिमले गरिरहनेछ ।