मकवानपुर, भदौ २७ :

मकवानपुरमा खहरेले बगाएर एक बालिकाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानी गुरुङडाँडा बस्ने जितेन्द्र गुरुङको वर्ष १४ की रितिका भनिने रन्जिता गुरुङको खहरेले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

स्कुलबाट घर फर्किदै गर्दा घर नजिकैको मोरङ्गे खहरेले बगाएको हो ।  उनको शव अन्दाजी २ मिटर पर जनसेवा क्रसर नजिकै फेला परेको प्रहरीले जनाएको छ ।
 
खहरेले बगाएको अर्का छात्रको सकुशल उद्धार गरिएको छ ।१७ वर्षीय इशान गुरुङलाई सकुशल उद्धार गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।