कन्चनपुर, भदौ २८ :
कञ्चनपुर जिल्लामा रहेको दोदा नदीमा जल सतहले सतर्कता तह पार गरेको छ । दोदा मछेली नदि जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हिजो राती देखि आएको अबिरल बर्षासंगै दोदा नदीको पानीको बहाब बढेको हो । दोदा नदिले बिगत देखि नै ठूलो मात्रामा कटान र डुवान गर्दै आएको हुँदा फेरी कटान गर्ने संत्रासमा यस भेगका बासिन्दा रहेका छन ।
दोदा नदिले लालझाडी गाउपालिकामा ठूलो क्षती गर्दै आइरहेको छ । निरन्तर पानी परिरहेको भएपनि महाकाली, मोहना लगायतका नदिहरुमा भने जल हित सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।