पोखरा, असोज ८ :

सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई आज प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराएको छ ।

पूर्व डिआइजीसमेत रहेका जोशी गोरखा मिडिया प्रालिका पूर्व सञ्चालकहरुमध्ये एक हुन ।

प्रहरीले उनलाई हिजो पक्राउ गरी पोखरा लगेको थियो । 

गोरखा मिडियामा रहँदा सहकारीको रकम अपचलन सम्बन्धमा जोशीसहित चार जनालाई दोषी ठहर गर्दै सहकारी छानवीन संसदीय समितिले सिफारिस गरेको थियो । 

समितिको सिफारिस कार्यान्वयन गर्ने क्रममा जोशी पक्राउ परेका हुन ।

उनी पक्राउ पर्नासाथ गोर्खा मिडियाका अर्का संचालक  एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफूलाई पनि पक्रने तयारी गरेको भन्दै सरकारको तीब्र आलोचना गरेका छन ।

हिजो रातिसम्म आफ्नो पार्टी कार्यालयमा कार्यकर्ताहरु समक्ष भाषण गर्दै लामिछानेले आफू निर्दोष भएपनि फसाउने षडयन्त्र भएको र यसको प्रतिवाद गर्ने चेतावनी सरकारलाई दिएका थिए । 

रबिलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।