मंगलबार, २४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल #देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल
समाचार

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

सक्रिय न्युज · १७ मिनेट अगाडि प्रकाशित
नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास
काठमाडौं, कात्तिक २४ :

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रुपमा रहेको बताएका छन् ।

नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शङ्खधरले नयाँ युगको सुरुवात गरेको सम्झनामा यस संवत्लाई प्रचलनमा ल्याइएको स्मरण गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपाली समाज सभ्य, सहिष्णु र एकताको सुत्रमा आबद्ध रहेको सन्दर्भमा यस्ता परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचान आदिलाई सुदृढ बनाउँदै लगेका उल्लेख गरेका छन् ।

काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न स्थानमा यस दिनलाई नयाँ संवत् सुरू हुने विशेष पर्वका रूपमा मनाउने गरिएको जनाउँदै राष्ट्रपतिले राष्ट्रिय विभूति साख्वाको जनताको स्वतन्त्रता र आर्थिक मुक्तिजस्ता लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गरेका छन् ।     

राष्ट्रपतिले निःस्वार्थ भावले सामाजिक समानता, सुशासन,  उन्नति र प्रगतिका लागि अग्रसर एवम् प्रतिबद्ध रहन आजको दिनले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मौलिक संवत् (नेपाल संवत्)ले सम्पूर्ण नेपालीबीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न सकोस् भनी कामना गरेका छन् ।

नेपाल संवत्ले नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई अझ सुदृढीकरण गर्न थप मद्दत पुग्ने राष्ट्रपतिको विश्वास छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार