काठमाण्डौँ , मंसिर २२ :

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी  र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम सफा रहेको  छ । 

हाल गण्डकी र लुम्बिनी प्रदेशका पहाडी, तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो कोशी , गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी भू- भागको एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम सफा रहने विभागले जनाएको छ ।