
हेटौँडा, मंसिर २२ :
निर्माणाधीन निजगढ- काठमाण्डौँ द्रुतमार्ग (फास्ट ट्र्याक) मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर- ५ झाक्रीडाँडा नजिक निर्माणाधीन सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागी ग्राभेल लोड लिई ज्यादै गरेको ना ८ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई सडकबाट करिब २५- ३० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा ट्रिपर चालक सानु लोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।