मंसिर २५ :

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पुर्जी जारी भएकाले उनीहरूलाई पर्सा लगिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आइतबार साँझ पोखराबाट सवारी मार्फत आज बिहान पर्सा पुर्‍याइएको जनाईएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइने छ । त्यसपछि पुनः पोखरा फर्काइने प्रहरीको तयारी छ ।