नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य थपिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट प्रमुख रहेको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
यी हुन् मनोनयन भएका १० सदस्य उज्ज्वल कोइराला, ताप्लेजुङ प्रेमचन्द्र राय, महोत्तरी विजया श्रेष्ठ केसी, ललितपुर मोहनजंग शाह, बाँके निरञ्जन कोइराला, कास्की कुमार लामिछाने, बर्दिया रमा केसी, सुर्खेत प्रेमलाल चौधरी, कैलाली शेरबहादुर सार्की, बाजुरा दिलीप कार्की, कञ्चनपुर
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।