शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका #राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका
प्रदेश मधेस प्रदेश अर्थतन्त्र

वीरगञ्जमा नयाँ वर्षमा रात्रि बजार सञ्चालन हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ चैत, २०८१ मा प्रकाशित
वीरगञ्जमा नयाँ वर्षमा रात्रि बजार सञ्चालन हुने
पर्सा, चैत १२ :

वीरगञ्जमा नेपाली नयाँ वर्षका अवसरमा ‘रात्रि बजार’ सञ्चालन गरिने भएको छ ।

वीरगञ्ज महानगरको आयोजनामा यही चैत २९ गतेदेखि ३१ गतेसम्म वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन गर्न लागिएको हो ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले विगतका वर्षमा जस्तै यस वर्ष पनि वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार आयोजना गर्न लागिएको जानकारी दिए । यसअघि पनि महानगरले रात्रि बजार सञ्चालन गर्दै आइरहेको छ । 

रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडालगायत सरसामानका स्टल राखिने छन् । ग्रिनसिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाइइएफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा रात्रि बजार सञ्चालन गरिने महानगरले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार