बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद फुटबल

पूर्वअध्यक्ष गणेश थापामाथि अनुसन्धान गर्न अख्तियारलाई एन्फाको पत्राचार

एन्फाको वार्षिक बजेट डेढ अर्ब
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
पूर्वअध्यक्ष गणेश थापामाथि अनुसन्धान गर्न अख्तियारलाई एन्फाको पत्राचार
काठमाडौं, चैत १३ :

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले  पूर्वअध्यक्ष गणेश थापाले फिफाको निर्देशन उल्लङ्घन गरेकोलगायत अन्य गतिविधिमाथि आवश्यक अनुसन्धान तथा छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ । 

एन्फाको दुई दिन बसेको कार्यसमितिको बैठकले थापा, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायतविरुद्ध छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा सङ्घको न्यायिक निकाय  फिफा, एएफसीमा पत्राचार गर्ने निर्णय गरेको हो ।

 बैठकले आगामी आर्थिक वर्षका लागि  एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० बजेट साधारणसाभामा पेस गर्ने पनि निर्णय गरेको छ ।आगामी वैशाख २६ गते साधारणसभा गर्ने निर्णय गर्दै उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि उक्त रकम पेस गर्ने निर्णय गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।  

एन्फाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पनि कार्यसमितिबाट पारित गरेर साधारणसभामा पेस गर्ने निर्णय गरेको छ । कार्यसमितिको बैठकले पियुष न्यौपानेलाई अन्तरराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले म्याट रसलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

 

यस्तो छ विज्ञप्ति:

 

May be an image of text
May be an image of text

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार