बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति भिडियो

‘शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै दल एकजुट हुनुको विकल्प छैन’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ चैत, २०८१ मा प्रकाशित
‘शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै दल एकजुट हुनुको विकल्प छैन’
काठमाडौँ, चैत १४ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन अब सबै दल एकजुट हुनुको अर्को विकल्प नरहेको बताएका छन् ।

नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले निकै ठुलो जोखिम उठाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयत्न गरेको बताए । 

उनले टीआरसी विधेयक पारित भइसकेको र आयोग गठनका लागि सिफारिस समिति गठन भइसकेको भन्दै पीडितहरूलाई न्याय दिने प्रक्रियालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् । 

‘शान्ति प्रक्रिया कहिले कानुनी, कहिले प्राविधिक र कहिले राजनीतिक उतारचढावले ढिलो भएको स्वीकार गरे  । नेपालको शान्ति प्रक्रिया मौलिक रहेको उल्लेख गर्दै प्रचण्डले यहाँसम्म आउँदा धेरै जटिल विषयहरू कार्यसम्पादन हुँदै आएको स्मरण गराए । सेना समायोजन या संविधान निर्माणसँग सम्बन्धित होस्, यी दुवै सफलतापूर्वक सम्पन्न गरेको  उनको भनाइ थियो ।

उनले सबै राजनीतिक दलहरूबिच शान्ति प्रक्रिया टुङ्ग्याउन विमति नरहेको प्रस्ट पार्दै अब विधेयक संशोधनको कुरा आए पनि त्यसतर्फ लाग्दा थप ढिलाइ हुनसक्ने बताए । उनले सर्वोच्चको फैसलालाई सम्मान गरेर विधेयक टुङ्ग्याउनतिर लाग्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले राजनीतिक तहमा तिक्तता बढोस् भन्ने नचाहेको भन्दै यस्तो राम्रो कामलाई निष्कर्षमा पुर्‍याउन सबै एक हुनुको विकल्प नभएको स्पष्ट पारे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार