बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार अर्थतन्त्र

चैत २८ देखि नवौँ भक्तपुर औद्योगिक महोत्सव हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ चैत, २०८१ मा प्रकाशित
चैत २८ देखि नवौँ भक्तपुर औद्योगिक महोत्सव हुने
भक्तपुर, चैत १४ :

नयाँवर्ष २०८२ को अवसरमा ‘नवौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ हुने भएको छ । 

औद्योगिक शान्ति नेपाल संस्थाले आज पत्रकार सम्मेलन गरी यही चैत २८ देखि आगामी २०८२ सालको वैशाख ७ गतेसम्म महोत्सव गरिने जानकारी दिएको हो ।   

आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य तथा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्न लागिएको बताए ।

महोत्सवमा १५० बढी स्टल रहने जनाइएको छ । स्थानीय उत्पादन, घरेलु उत्पादन, र नगरपालिकाबाट आएका सिफारिसका आधारमा स्थानीय उत्पादन तथा सीप एवं कलाका स्टल निःशुल्क व्यवस्था गरिने आयोजकले जनाएको छ ।

औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, प्रविधिसम्बन्धी गतिविधि, अटो मोवाइल, विद्युतीय मेशिन कृषि औजार, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामान, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाडाकुँडा प्रर्दशनी एवं बिक्रीका लागि राखिने छ । 

महोत्सवमा बिक्री गरिने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए । महोत्सवमा जेष्ठ नागरिक, अपाङ्ग र पाँचवर्ष मुनिका बालबालिकालाई प्रवेश निःशुल्क गरिएको उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार