
काठमाडौंको तीनकुनेमा केही राजावादीहरुले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।
सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएको छैन ।
राजसंस्था पुन:स्थापना र हिन्दु राज्यसहितका माग गर्दै राजावादीहरू अहिले तीनकुनेमा भेला भए भएर प्रदर्शन गरिरहेका छन् ।
उता प्रदर्शनीमार्गमा गणतन्त्रवादीहरुले समाजवादी मोर्चाको आयोजनामा प्रदर्शनीसहित सभा सुरु गरेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न चोकमा झन्डा-ब्यानरसहित नेता-कार्यकर्ता तथा शुभेच्छुक जम्मा भएका छन् । उनीहरु र्यालीसहित आ-आफ्नो पक्षको सभास्थलमा पुगेका छन् ।
गणतन्त्रवादीहरुले समाजवादी मोर्चाको आयोजनामा प्रदर्शनीमार्गमा सभा सुरु गरेका छन् । यसैगरी राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेकाहरुले तीनकुनेमा सभा गरेका छन् । प्रदर्शनीमार्ग र तीनकुने दुवै क्षेत्रमा सभाका लागि भव्य मञ्च बनाइएका छन् ।