काठमाडौं, चैत १५ :

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक दलहरुबीच सहमति नजुटेपछि पर्सि चैत १७ गते (आइतबार बिहान ११ बजे) बस्ने गरी स्थगित भएको छ ।

संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १:१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्थाबमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गरेका हुन् ।