बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

राजावादी आन्दोलनका कमान्डर प्रसाईं फरार, सुवेदीलाई नजरबन्दमा राखियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ चैत, २०८१ मा प्रकाशित
राजावादी आन्दोलनका कमान्डर प्रसाईं फरार, सुवेदीलाई नजरबन्दमा राखियो
काठमाडाैं, चैत १६ :

राजावादी आन्दोलनको मूल नेतृत्व गरिरहेका दुर्गा प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको छ। उनी राति अबेरसम्म पनि पक्राउ परेका छैनन् । प्रहरीले सोही अभियानका पञ्चायतकालीन नेता नवराज सुवेदीलाई घरमै नजरबन्द गरेको छ। 

उनी हालै गठन भएको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन्। तर १५ गतेको प्रदर्शनको कमान्डरको जिम्मा भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिएका थिए ।

अन्य नेताहरू स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बु लगायत पाँच जनालाई पनि पक्राउ गरिएको छ । शुक्रबार राति अबेरसम्म पक्राउ पर्ने संख्या ५१ पुगेको काठमाडौं प्रहरीका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु भएको थियो । ११० जना घाइते भएका छन् भने १४ वटा आगजनीका घटना भएको प्रहरीले जनाएको छ।

शुक्रबारको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  प्रसाईंको कमान्डमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार