बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार

गिरिजाप्रसाद कोइराला स्मृति पुरस्कार पत्रकार जगत नेपाललाई

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ चैत, २०८१ मा प्रकाशित
गिरिजाप्रसाद कोइराला स्मृति पुरस्कार पत्रकार जगत नेपाललाई
काठमाडौँ, चैत १६ :

रिपोर्टर्स क्लब नेपालले यो वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा जगत नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । 

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित एक लाख राशिको सो पुरस्कार क्लबको यही चैत १७ गते मनाइने २७औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट प्रदान गरिने जनाइएको छ ।  डा नेपाल विगत तीन दशकदेखि सक्रिय पत्रकारिता र प्राध्यापनमा छन् ।

त्यसैगरी क्लबले यस वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ जनता टाइम्स डटकमका अध्यक्ष तथा प्रधानसम्पादक गणेशबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि नगद एक लाख रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार