बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

रास्वपा सभापति लामिछाने भोलिबाट जिम्मेवारी सम्हाल्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
रास्वपा सभापति लामिछाने भोलिबाट जिम्मेवारी सम्हाल्दै
काठमाडौं, चैत १७ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने करिब ५ महिनापछि भोलिबाट पार्टीको जिम्मेवारीमा फर्किदै छन् । 

भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा लामिछाने सहभागी हुने प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सहकारीको रकम अपचलनको मुद्दा परेपछि लामिछाने लामो समयदेखि पार्टी क्रियाकलापमा निस्क्रिय रहँदै आएका थिए ।

गत पुस ८ गते बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डीपी अर्याललाई दिएको थियो । सहकारीको रकम अपचलनको मुद्धामा लामिछानेलाई  कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो ।

विभिन्न सहकारीको रकम अपचलनको मुद्धामा अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको भए पनि उनीविरुद्धका मुद्दाको टुंगो लागिसकेको छैन । अहिले पनि लामिछाने मुद्दा परेका जिल्ला अदालतमा पालैपालो तारिख धाइरहेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार