
काठमाडौं, चैत १७ :
नेपाल मास्टर्स एथलिट संघले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेरसमूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ ।
थाइल्यान्डको च्याङराइमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कास्य पदक जितेको थियो ।
कृष्णप्रसाद सिग्देलले पुरुष ५५-६० वर्षको लङजम्पमा रजत जितेका थिए । पुरुष ८०-८५ वर्षको १ हजार ५ सय मिटर दौडमा गिर्वाणविक्रम शाह तथा ५५-६० वर्षको ५ हजार मिटर दौडमा सुनील शाक्यले कास्य जितेका थिए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र नेपाल मास्टर्स एथलिट संघका अध्यक्ष जीएन दाई शर्माले प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।