काठमाडौं, चैत १७ :

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हितेन्द्रदेव शाक्य र कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा परेको छ।

अन्तरिम आदेशका लागि आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको संयुक्त इजलासमा परेको थियो। चैत १५ गते अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटमा कारण देखाउ आदेश दिँदै अन्तरिम आदेशको छ्लफलका लागि आज बोलाएको थियो।

सरकारले गत चैत ११ गते घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएपछि उनी सर्वोच्च गएका थिए।तर, नियुक्ति पाएका शाक्य भने चार वर्षअघि आफू बर्खास्तीमा परेको रिटको छिटो सुनाइको माग गर्दै अर्को रिट लगेर त्यही दिन चैत ११ गते नै सर्वोच्च गएका थिए।