काठमाडौँ, चैत १८ :

इस्लाम धर्मावलम्बीकाे महान पर्व इदको अवसरमा भैरहवास्थित पिपरहिया इदगाहमा सामूहिक नमाज पढ्दै मुस्लिम धर्मावलम्बी । 

इटहरी-१४ गैसारका इस्लाम धर्मावलम्बीहरू सोमबार इदको नमाजपछि एकापसमा अङ्कमाल गरेर शुभकामना आदानप्रदान गर्दै । 

इदको अवसरमा  वीरगञ्ज महानगरपालिका-२ स्थित इदगाहचोकमा सामूहिक रुपमा नमाज पढ्दै इस्लाम धर्मावलम्बीहरु ।

इदको अवसरमा आज सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ ।