
काठमाडौं, चैत १८ :
प्रतिनिधिसभाको बैठक अहिले संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीले विपक्षीहरुले उठाएका विषयमा सम्बोधन गरेका छन् ।
प्रधानमन्त्रीले सम्बोधन गरिरहेकाबेला राप्रपाका सांसदहरुले नियमापत्ति भन्दै केहीबेर हो हल्लासमेत गरे ।
आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक- २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची पनि छ ।
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एकसातादेखि संसद् बैठक अवरुद्ध हुँदै आएको थियो ।
हेरौं संसद् बैठकको लाइभ भिडियो :