काठमाडौँ, चैत १९ :

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ ।

ओम अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको हो ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । घाँटीको समस्याबाट पीडित उनी लामो समयदेखी उपचाररत थिए ।