
विराटनगर, चैत १९ :
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको आदेश मान्छु भनेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यसको उल्लङ्घन गरेको बताएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले पूर्वराजासँग भएको पाँचबुँदे सहमतिबारे स्पष्ट पार्दै नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताए ।
अध्यक्ष नेपालले बेबी किङको सम्भावनासमेत नरहेको बताए । पूर्वराजा ज्ञानेन्द्र शाह नेपालका ठुला व्यापारीमध्ये पर्ने अध्यक्ष नेपालको भनाइ छ ।
उनले अब समाजवादी युगबाहेक दास र सामन्ती युगमा फर्कन नसक्ने बताए । तिनै ज्ञानेन्द्रको सामु नेता नेपालले प्रधानमन्त्री हुन दाम चढाएको प्रसङ्ग अहिले पनि बेलाबखत उठ्ने गरेको छ ।