
काठमाडौँ, चैत १९ :
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनीयर सागर श्रेष्ठले शपथ ग्रहण लिएका छन् ।
आरपिजीसीएलको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सिईओमा नियुक्त भएका श्रेष्ठले आज ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शपथ ग्रहण लिएका हुन् ।
उनलाई कम्पनीका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले शपथ ग्रहण गराए ।उनलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो ।
शपथग्रहण समारोहमा ऊर्जामन्त्री खड्काले सरकारले लिएको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न प्रसारण लाइनको महत्त्वपूर्ण भूमिका रहेको भन्दै विद्युत् प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो तथा प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिए ।