
काठमाडौँ, चैत २० :
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र बर्खास्त गरिएका कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदैछ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मंगलबारको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको छ । रिटको आज पुनः सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै रिट दायर गरेका थिए । घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।
आज सुनुवाइ सकेमा दुवैको मुद्दामा फैसला हुने जनाएको छ । परस्पर फरक माग गरिएको घिसिङ र शाक्यको मुद्दालाई सर्वोच्चले एक साथ राखेर सुनुवाइ गरिरहेको हो ।