बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार शिक्षा

उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन आजबाट लुम्बिनीमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० चैत, २०८१ मा प्रकाशित
उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन आजबाट लुम्बिनीमा
भैरहवा, चैत २० :

आजबाट बुद्ध जन्मस्थल लुम्बिनीमा उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । 

चौथो औद्योगिक क्रान्तिका लागि मानव संसाधनका विकास र उच्च शिक्षासम्बन्धी विश्वव्यापी संवादलाई प्रवर्द्धन गर्नका लागि सम्मेलन हुन लागेको हो । 

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा कार्यक्रम तय गरिएको विश्वविद्यालयले जनाएको छ । 

उच्च शिक्षामा बौद्धदर्शन अन्तर्राष्ट्रियकरण, प्राज्ञिक नेतृत्वमा बौद्धदर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौती र अवसर विषयमा केन्द्रित रही उपकुलपति सम्मेलन हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल वज्राचार्यले जानकारी दिए ।

बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालय, लुम्बिनीमा हुन लागेको सम्मेलनमा आज पहिलो दिन उद्घाटन सत्रपछि मानव संसाधन व्यवस्थापनमा बौद्धदर्शनको उपयोग, श्रम बजारमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, उच्च शिक्षाका लागि क्षेत्रीय सहयोग र सञ्जाल निर्माण तथा मानव संसाधन व्यवस्थापनमा संस्थागत भूमिका विषयमा २४ वटा कार्यपत्र प्रस्तुत हुने छन् ।

सम्मेलनमा ११ देशका अध्येताले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । भोलि दोस्रो दिन उपकुलपति सम्मेलन हुने छ । उपकुलपति सम्मेलनमा नेपाल, भारत, जापानका विश्वविद्यालयका उपकुलपतिको सहभागिता रहने छ । 

सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यान्मार, श्रीलङ्का, थाइल्यान्ड र भियतनामका विज्ञ तथा अध्येताको सहभागिता रहने जनाइएको छ ।

सम्मेलन भोलि नै सकिने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार