
फाइल तस्बिर।
काठमाडौं, चैत २० :
नेपाली सेनाको जहाज मेडिकल र राहत सामग्री लिएर म्यानमार पुगेको छ । सेनाको सीएन-२३५ विमान बंगलादेशको ढाका हुँदै म्यानमार गएको हो ।
शुक्रबारको शक्तिशाली भूकम्पमा व्यापक जनधनको क्षति पुगेको म्यानमारमा नेपालका तर्फबाट सेनाले मेडिकलसहितको राहत सामग्री पुर्याएको हो । सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार सेनाको विमान मेडिकल टोली छाडेर भोलि काठमाडौं फर्किनेछ ।
टोलीमा सेनाका पाइलट सहायक रथी रामसुन्दर बोहोरासहित ५ जना चालक दलका सदस्य तथा स्वास्थ्यकर्मीसहित १६ जना छन् । नेपालको इतिहासमै पहिलोपटक म्यानमारका लागि प्राकृतिक विपद्मा सैनिक जहाज पठाइएको हो ।
गत शुक्रबार ७ दशमलव ७ म्याग्निच्यूडको विनाशकारी भूकम्पका कारण म्यानमार थुप्रै जनधनको क्षति भएको छ ।