
फाइल तस्बिर।
काठमाडौं, चैत २० :
सरकारले तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई १०/१० लाख दिने भएको छ ।
गत चैत १५ गते राजावादीको प्रदर्शनमा मृत्यु भएकाको परिवारलाई गृहमन्त्रीस्तरीय निर्णयबाट १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
राजावादीको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । उनीहरुलाई सहिद घोषणा गर्नुपर्ने केहीले माग गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले सोमबार पत्रकार रजककी पत्नीलाई रोजगारीको व्यवस्था गर्ने बताएका थिए । उनका परिवारसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।