काठमाडौँ, चैत २१ :

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। 

हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ।

आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। 

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै, राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। 

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।