बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

आज छ वटा समितिका बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ चैत, २०८१ मा प्रकाशित
आज छ वटा समितिका बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
काठमाडौँ, चैत २१ :

‘मिनी संसद्’का नामले पनि परिचित सङ्घीय संसद्अन्तर्गतका आज विभिन्न समितिका बैठक बस्दैछन् । 

संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास र आर्थिक मामिला तथा सुशासन समितिका बैठक बिहान ११ः०० बजे हुँदैछन् । 

त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक भने बिहान ११ः३० बजे हुने भएको छ ।

शिक्षा समितिको बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची छ । 

त्यसैगरी, विकास समितिमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने’ विषयमा गैरसरकारी सङ्घसंस्था, नागरिक समाजलगायत सरोकार भएकाहरुसँग छलफल हुनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार