काठमाडौँ, चैत २१ :

रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ।

आइएफआरसीले पत्र लेख्दै अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको जनाएको छ ।

उनीहरूलाई संस्थाको आधारभूत मान्यतालाई पालना नगरेको, राजनीतिक आडमा आर्थिक लाभ लिएको जस्ता कारण देखाउँदै निलम्बन गरिएको पत्रमा उल्लेख छ ।