नेपाली सेनाको चिकित्सा टोलीले म्यानमारका भूकम्पपीडितलाई उपचार गरिरहेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार म्यानमारको मन्डले क्षेत्रअन्तर्गत यामेथिन सहरमा मेडिकल क्याम्प स्थापना गरी भूकम्प प्रभावित घाइतेलाई सेनाले स्वास्थ्य उपचार गरेको हो ।
म्यानमारमा हालै गएको ७.७ म्याग्नेच्युडको भूकम्पमा घाइते भएकाको स्वास्थ्य उपचारको सिलसिलमा सेनाको चिकित्सकीय टोलीले यामेथिन सहरमा क्याम्प स्थापना गरेको हो ।
चैत २० गते (बुधबार) भूकम्पपीडितलाई राहत लिएर प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चारजना बन्दोबस्ती सहायता टिम र ६ जना क्रू मेम्बरसहित २२ जनाको टोली म्यानमार गएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।