
तनहुँ, चैत २२ :
तनहुँको डुम्रे- बेँसीसहर सडकखण्डमा आज बस पल्टिँदा २० यात्रु घाइते भएका छन् ।
डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग.१ख ६४९८ नम्बरको बस भानु नगरपालिका-१ मोहरिया अनियन्त्रित भई पल्टिएको हो ।
प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था चिन्ताजनक छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी १६ जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ ।
घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।