बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

रवि लामिछाने भन्छन्- ममाथि अन्याय भएको छ, गिरफ्तारी दिँदै छु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ चैत, २०८१ मा प्रकाशित
रवि लामिछाने भन्छन्- ममाथि अन्याय भएको छ, गिरफ्तारी दिँदै छु
काठमाडौं, चैत २२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि अन्याय भएको भन्दै गिरफ्तारी दिन लागेको जनाएका छन् ।

अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको लामिछानेले सामाजिक सञ्जालमार्फत बताएका छन् । उच्च अदालत बुटवलको तुलसीपुर इजलासले शुक्रबार उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।

‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदै छु,’ लामिछानेले फेसबुकमार्फत भनेका छन्, ‘साथै न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु ।’

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको आदेश

उनले आफूमाथि अन्याय भएको पनि बताएका छन् । ‘ममाथि ठुलो अन्याय भएको छ,’ उनले भनेका छन् । उनले भोलि चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पनि पार्टीपंक्तिलाई आग्रह गरेका छन् । ‘चितवनको सभा नरोक्नुस् ।’

रविलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार