
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ गएको भूकम्पका क्रममा तीन जना घाइते भएका छन् ।
जाजरकोटको कुशे गाउँपालिका ९ पैक केन्द्रबिन्दु भएर राति ८ बजेर १० मिनेटको समयमा गएको भूकम्पको त्रासले घरबाट भाग्ने क्रममा तीन जना घाइते भएका हुन्।
घाइते हुनेमा भेरी नगरपालिका- २ रिसाङका ओपेन्द्र कार्कीको ४९ वर्षीया श्रीमती कमला कार्की, भेरी नगरपालिका- ४ का ३४ वर्षीय सुरेश श्रेष्ठ र नलगाड नगरपालिका- १२ का २२ वर्षीय वीरेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घाइतेहरू जिल्ला अस्पताल जाजरकोटमा उपचार गरेर डिस्चार्ज भएका छन् । यस्तै भूकम्पबाट भेरी नगरपालिका १० बस्ने कमला गोसाईंको १ तले पक्की घरको कोठाको पर्खाल समेत भत्किएको छ । शुक्रवार राति ८ बजेपछि जाजरकोटमा ३ मिनेटको फरकमा दुई भूकम्प गएका थिए ।
भूकम्पको धक्का कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनीका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।