
काठमाडौँ, चैत २५ :
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराउँदैछ।
शुक्रबार काठमाडौँबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई सोमबार रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउने भएको हो ।
लामिछानेलाई कार्यालय समय सुरु भएपछि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
लामिछानेलाई अदालत उपस्थित गराई प्रक्रिया पूरा गरेपछि प्रहरीले थुनामा पठाउनेछ ।
सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश गरेको थियो।
यसअघि जिल्ला अदालतले त्यसअघि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो ।