विराटनगर, चैत २६ :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा राजतन्त्रको औचित्य समाप्त भइसकेको बताएका छन्।  

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँगको छलफलमा उनले औचित्य समाप्त भएको राजतन्त्रलाई पुनःस्थापित गर्ने सोच दिवास्वप्ना भएको बताए ।

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको सहमतिमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उल्लेख गर्दै, अब राजतन्त्रको पुनर्स्थापनाको कुनै स्थान नभएको बताएका छन्।

त्यसैगरी, संविधान संशोधनको आवश्यकता रहेको विषयमा उनले पनि जोड दिएका छन्। अर्कोतर्फ, एमालेसँग तत्काल एकताको सम्भावना नभएको पनि उनले स्पष्ट पारे।