काठमाडौँ, चैत २६ :

अछामको जयगढ बजारमा आज साँझदेखि आगलागी भएको छ ।

आगलागीबाट ७ वटा पसल जलेर नष्ट भइसकेको र नियन्त्रणमा लिन नसकिएको अछाम प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका छन् । मंगलसेन नगरपालिकाको दमकल घटनास्थल पुगेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।