बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
खेलकुद क्रिकेट

चारदेशीय टी-ट्वेन्टी सिरिज : नेपालले कतारलाई ८ विकेटले हरायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ चैत, २०८१ मा प्रकाशित
चारदेशीय टी-ट्वेन्टी सिरिज : नेपालले कतारलाई ८ विकेटले हरायो
काठमाडौँ, चैत २७ :

चारदेशीय टी-२० सिरिजमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ ।

हङ्कङमा जारी आज भएको पहिलो खेलमा यो जितसँगै नेपालले दुई अंक बटुलेको छ । अब नेपालले भोली बिहीबार दोस्रो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। 

कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै १५४ रन बनायो।

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए। १९ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २१ बलमा चार चौकासहित ३३ रन बनाए।

यी दुईले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्‍याएका हुन्। त्यसमा कप्तान रोहितकुमार पौडेलले ३७ र बसीर अहमदले ३० रन थपिदिए। यी दुवै ब्याटर अविजित रहे।

कतारका मुजीब- उल- रहमानले दुई विकेट लिए। तीन ओभर बलिङ गरेका उनले १२ रन खर्चिए। 

त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार