
काठमाडौं, चैत २८ :
आगामी आर्थिक वर्षको बजेट तयारीबारे प्रधानमन्त्री केपी ओलीले सबै मन्त्री र सचिवहरूसँग छलफल गर्ने भएका छन् ।
ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो साढे ३ बजे छलफल हुनेछ ।
सरकारले नयाँ बजेट जेठ १५ बजे संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट संसद्मा प्रस्तुत हुन्छ ।