
काठमाडौं, चैत २८ :
त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।
कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले बिहीबार बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बरालले स्वास्थ्य कारण देखाउँदै चैत १५ मा प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए ।
बराललाई राजीनामा फिर्ता गर्न आग्रह गरे पनि उनी काममा फर्किन तयार नदेखिएपछि राजीनामा स्वीकृत गरिएको हो ।