बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

रविलाई थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ सकियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ चैत, २०८१ मा प्रकाशित
रविलाई थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ सकियो
फाइल तस्बिर।
काठमाडौं, चैत ३१ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछानेले दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा आइतबार भएको सुनुवाइ सकिएको हो ।

सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा रहेका लामिछाने आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।लामिछानेका तर्फबाट उनकी श्रीमती निकिताले शुक्रबार निवेदन दायर गरेकी थिइन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले यसअघिको आदेश खारेज गर्दै पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएपछि प्रहरीले उनलाई घरैबाट पक्राउ गरेर भोलिपल्ट भैरहवा पुर्‍याएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सरकारी वकिल पक्ष र रवि आफैं पनि उच्च अदालत बुटवल पुगेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार