बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

माधव नेपाल भन्छन्- लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ वैशाख, २०८२ मा प्रकाशित
माधव नेपाल भन्छन्- लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो छ
काठमाडाैं, वैशाख १ :

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा जनअधिकारका लागि राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०८२ को अवसरमा  एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रूपान्तरण गर्नुपर्ने बताएका हुन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना व्यक्त गरे । सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै अध्यक्ष नेपालले नयाँ वर्षले समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो औँल्याए ।

राष्ट्रियता, जनजीविका, वैज्ञानिक समाजवादका विषयमा साझा दृष्टिकोण बनाउन राजनीतिक शक्तिहरूलाई आग्रह गर्दै उनले नै उत्पादन वृद्धि गरी रोजगारका अवसर सिर्जना गरी सामाजिक रूपान्तरण गर्नुपर्ने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार