
फाइल फोटो
काठमाडौँ, वैशाख ३ :
रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौँ फर्किंएको छ ।
विमानमा हायड्रोलिक समस्या देखिएपछि काठमाडौँमा ल्याएर अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
अहिले उक्त विमानको प्राविधिक जाँच भइरहेको जनाइएको छ ।