काठमाडौं, वैशाख ३ :

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाई दिएको छ ।

राखेपका सदस्य-सचिव टंकलाल घिसिङले प्रतियोगितामा स्वर्ण पदक विजेता एरिका गुरुङसहितका खेलाडीहरुलाई बधाई दिएका हुन् ।

चैत २२ देखि २४ गते सम्म अस्ट्रेलियका सिड्नीमा भएको प्रतियोगितामा सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, पुष्पका लामा र वर्षा बुढा मगरले कास्य पदक जितेका थिए ।