
फाइल फोटो ।
पर्सा, वैशाख ५ :
वीरगन्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहानदेखि हटाइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्था सामान्य बनेको निष्कर्ष निकाल्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो। उक्त निर्णयअनुसार आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाइएको पर्सा प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले वैशाख १ गतेदेखि लागु गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिए।
यसअघि पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बुधबार दिउँसोदेखि वीरगन्जको अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको जनाएका थिए।