बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
खेलकुद क्रिकेट

अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल यू-१९ विश्वकप छनोटबाट बाहिरियो

समर्थकले गरे क्यान, एसीसी र आईसीसीमाथि नाराबाजी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ६ वैशाख, २०८२ मा प्रकाशित
अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल यू-१९ विश्वकप छनोटबाट बाहिरियो
काठमाडाैं, वैशाख ६ :

आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल वर्षाका कारण रद्द भएपछि नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ।

शनिबार बिहान मलेसियामा तय भएको खेल मैदानको अवस्था नाजुक बनेपछि अम्पायरले खेल नहुने घोषणा गरेका हुन्। बिहानको झरीपछि मैदान सुकाउन करिब पाँच घण्टा प्रयास गरिए पनि केही भाग खेल्न अयोग्य रहेको भन्दै तीनपटक निरीक्षणपछि खेल स्थगित गरिएको हो।

समूह चरणमा नेपाल र अफगानिस्तान दुवैले तीन–तीन खेल जितेका थिए। तर अफगानिस्तान नेट रनरेटमा नेपालभन्दा अगाडि रहेकाले अंक बराबरी (७–७) भए पनि उनीहरू विश्वकपमा छनोट भएका छन्।

खेल रद्द भएसँगै नेपाली क्रिकेट समर्थकहरू आक्रोशित बनेका छन्। खेल रद्द भएको खबरसँगै समर्थकहरूले क्यान, एसीसी र आईसीसीमाथि नाराबाजी गरेका थिए। उनीहरूले व्यवस्थापनमा कमजोरी भएको आरोप लगाउँदै चर्को विरोध जनाएपछि प्रहरी परिचालन गरी समर्थकहरूलाई सम्झाइबुझाइ गरिएको थियो।

बिहानैदेखि मैदानमा उपस्थित समर्थकहरू खेल सुरु हुने आशामा पर्खिरहेका थिए। एक समय घाम लागेपछि खेल सम्भव हुने संकेत देखिएको थियो, तर मैदान पूर्णरूपमा तयार हुन नसक्दा अम्पायरले अन्ततः खेल रद्द गर्ने निर्णय लिएका थिए।

यो नतिजाले नेपाललाई आगामी यू–१९ विश्वकपबाट बाहिर पुर्‍याएको छ, जसले खेलाडी, प्रशिक्षक, र समर्थक सबैमा निराशा छाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार