काठमाडौं, वैशाख ७ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने भनेको राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी भएका  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतका नेताहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।

राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु सिंहदरबारस्थित पार्टी दलको कार्यालयबाट फर्कने क्रममा पम्प्लेटसहित  प्रदर्शन गरेका थिए । बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा सहभागी हुन उनीहरु दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए । प्रहरीले पम्प्लेट खोसेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उतीहरुले सकारविरुद्ध नारा लगाउँदै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ गर्नुपर्ने र  तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने लगायतका माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेका थिए ।