
काठमाडौं, वैशाख ७ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गराएका छन् । लामिछानेले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै निवेदन दर्ता गराएका हुन् ।
उनले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको र त्यो संविधान विपरित भएको दाबी गरेका छन् । यसअघि उनले थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध दिएको निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ । उनी सहकारी ठगी प्रकरणको मुद्दामा हाल थुनामा रहेका छन् ।